शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भागरथीका हत्यारा तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग कांग्रेसको माग

भागरथीका हत्यारा तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग कांग्रेसको माग

नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई अविलम्ब पक्राउ गर्न प्रधानमन्त्रीसँग माग गरेको छ। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं– नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई अविलम्ब पक्राउ गर्न प्रधानमन्त्रीसँग माग गरेको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। विज्ञप्तिमा बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन भनिएको छ।

‘बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुखद् र गम्भीर रूपमा लिएको छ,’ शर्माले भने, ‘अतः अनुसन्धान तिव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्रीसमक्ष माग गर्दछ।’

शान्ति स्थापना र संविधान निर्माणपश्चात् देशमा अमनचयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षित बन्नेछ भन्ने विश्वास बितेका वर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको कांग्रेसले जनाएको छ।

अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको शर्माले बताएका छन्।

‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको छ भने अपराधको मानसिकता निरुत्साहित गर्न कानुनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ।

‘निर्मला पन्तका दोषी अझै खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानुनको कठघराभन्दा बाहिरै छन्।

महिलाउपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बैतडी घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक आज साँझ बैतडी पुग्दैछन्।

प्रकाशित: Feb 12, 2021| 12:12 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।