शुक्रबार, भदौ १९, २०८३

जनकपुरधाममा महिला हस्तकला प्रदर्शनी हुने

– स्थानीय महिलाहरुको सीप तथा कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी हुने भएको छ।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

जनकपुरधाम– स्थानीय महिलाहरुको सीप तथा कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी हुने भएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ३ दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी हुन लागेको हो। 

फागुन २ गतेबाट जनकपुरधामस्थित गोपाल धर्मशालामा शुरु हुने सो प्रदर्शनी फागुन ४ गतेसम्म चल्नेछ। स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए।

प्रदर्शनीमा प्रदेश २ को ८ वटै जिल्लाका महिला उद्यमीहरुलाई सहभागी गराइने उनले बताए। उनका अनुसार सो प्रदर्शनीमा ५० भन्दा बढी स्टल लगाइने छ। स्टल लगाउनका लागि शुल्क लाग्ने छैन।

प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तिजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिने छ।

प्रदर्शनीको उद्घाटन तथा समापन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले गर्नेछिन्।

प्रकाशित: Feb 12, 2021| 12:02 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।