शुक्रबार, भदौ १९, २०८३

डिस्टिलरी उद्योगको सेयर विवादमा भिनाजुको हत्या

धनुषाको क्षिरेश्वर डिस्टिलरी उद्योगका सञ्चालक प्रमोद रेग्मीको हत्यामा उनकै सालोको संलग्नता रहेको पाइएको छ। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

जनकपुरधाम– धनुषाको क्षिरेश्वर डिस्टिलरी उद्योगका सञ्चालक प्रमोद रेग्मीको हत्यामा उनकै सालोको संलग्नता रहेको पाइएको छ। 

सेयर विवादका कारण रेग्मीको हत्या उनकै सालो निरज खातीले गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रेग्मीको हत्यामा संलग्न उनका सालो धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गा टोलका ३५ वर्षीय खातीलाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ। 

डिस्टिलरीका सञ्चालक ५४ वर्षीय रेग्मी रेग्मी गत माघ १३ गते राति आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए। 

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले गरेको अनुसन्धानपछि आफ्नै सालोले हत्या गरेको खुल्न आएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए। 

खातीले सेयर लगानीका विषयमा रिसइबी राखी भिनाजुलाई अत्यधिक मादक पदार्थ सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरेर हत्या गरेको रानाभाटले बताए।

प्रकाशित: Feb 12, 2021| 11:28 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।