शुक्रबार, भदौ १९, २०८३

शताब्दी पुरुष जोशी दम्पतीबाट शरीर दानको घाेषणा

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि शरीर दान दिने घोषणा गरेका हुन्।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

ललितपुर– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आआफ्नो शरीर दान घोषणा गरेका छन्।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि शरीर दान दिने घोषणा गरेका हुन्।

नइ प्रकाशनद्वारा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा जोशी दम्पतीले आआफ्नो भौतिक शरीर शेषपछि किस्ट मेडिकल कलेजलाई अर्पण गरेको जानकारी दिए। 

१०१ वर्षीय शताब्दी पुरुष सत्यमोहन र ९६ वर्षीया राधादेवीको हस्ताक्षरसहितको किस्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरीपत्रमा उनीका छोरा अनुराज जोशीको सहमतिको समेत हस्ताक्षर छ।  

शताब्दी पुरुष जोशीले आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेको बताए। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशी हामी सबैका गौरव, प्रेरणा र आदर्श रहेको बताए। 

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित घोषणा सभामा किस्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बालमानसिंह कार्की र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जोशीको महानता, सरलता र दूरदर्शी भावनाको प्रशंसा गरेका थिए।

 

प्रकाशित: Feb 12, 2021| 10:54 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।