शनिबार, असार २७, २०८३

राष्ट्रिय महिला लिगमा चन्द्रपुरविरुद्ध पुलिसको सहज जित

राष्ट्रिय महिला लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले चन्द्रपुर नगरपालिकाविरुद्ध ३–० गोलको सहज जित निकालेको हो।

पुलिसको जितका लागि सिर्जना खड्का, निर्मला बिके र रेखा पौडेलले समान १–१ गोल गरे।

खड्काले खेलको सातौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्। यससँगै पुलिस पहिलो हाफमा एक गोलले अघि रह्यो।

दोस्रो हाफको ५४ औं मिनेटमा पुलिसकी निर्मला बिकेले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्। २–० को सहज अवस्थाबाट अन्तिम नतिजामा पुग्नका लागि रेखा पौडेलले अन्तिम गोल गरिन्। यससँगै पुलिसले ३–० गोलको जित निकाल्यो।

आजको जितसँगै नेपाल पुलिस क्लबले १४ अंक बनाएर तेस्रो स्थानको वालिङसँग बराबरी गरेको छ। वालिङ र पुलिसको अंक समान मात्र नभएर दुवैको गोलअन्तर समेत बराबरी छ।

२३ गोल खाएको वालिङले प्रतिस्पर्धीको पास्टमा १४ गोल गरेर ९ गोलअन्तर बनाएको छ भने १६ गोल गरेर सात गोलको सामान गरेको पुलिसको गोलअन्तर पनि ९ नै छ।

यसकारण यि दुई क्लब तेस्रो र चौथो स्थानमा छन्। यता पराजित चन्द्रपुर भने ६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ।
पहिलो लेगको खेलमा चन्द्रपुर पुलिससँग ३–१ गोलले पराजित भएको थियो।

प्रकाशित: Feb 12, 2021| 10:31 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।