शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पैसा लिएर १३ वर्षीया बालिकाको जवरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ

पैसा लिएर १३ वर्षीया बालिकाको जवरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ

धनुषामा आफ्नो कोठामा बोलाई पैसा लिएर जवरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ परेका छन्। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

जनकपुरधाम– धनुषामा आफ्नो कोठामा बोलाई पैसा लिएर जवरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ परेका छन्। 

धनुषाको लक्ष्मिनिया गाउँपालिकामा डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घर मालिककी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवबाट आफ्नै कोठामा बोलाई पटक पटक जवरजस्ती करणी गराएको र सोही क्रममा बालिका गर्भवती भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन्। 

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ। प्रहरीलाई दिएको बयानअनुसार खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकोमा असार महिनादेखि कात्तिक महिनासम्म यादवसँग पैसा लिएर जवरजस्ती करणी गराएका थिए र सोही क्रममा बालिका गर्भवती भएकी छिन् । 

बालिका गर्भवती भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। दुवैजनालाई विहिबार लक्ष्मिनिया गाउँपालिका वडा नं बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए। 

प्रकाशित: Feb 12, 2021| 10:27 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।