शनिबार, असार २७, २०८३

जुनियर प्रिमियर टेनिस फागुन दुई गतेबाट

टेनिस टिम नेपालको आयोजनामा हुने जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन दुई गतेबाट हुने आयोजकले बताएको छ।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काडमाडौं– टेनिस टिम नेपालको आयोजनामा हुने जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन दुई गतेबाट हुने आयोजकले बताएको छ।

आज (शुक्रबार) आयोजकले प्रतियोगिताबारे जानबारी दिएको हो। जुनियर टेनिसअन्तर्गत ६ विधाका प्रतियोगिता हुने आयोजकले बताएको छ। जस अन्तर्गत यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ रहेका छन्।

फागुन ७ गतेसम्म हुने प्रतियोगिता धापाखेलस्थित आयोजक आफैंले निर्माण गरेको कोर्टमा हुनेछ। प्रतियोगितामा यू–९ उमेर समूहमा बोइज र गल्र्स सिंगल्स र डबल्समा खेल हुनेछ। यू–९ तर्फको डबल्स खेल नेपालमै पहिलोपटक हुन लागेको आयोजकको दाबी छ।

‘यूरोपतिर पनि यू–९ डबल्सको म्याच हुँदोरहेछ। त्यसैले हामीले नेपालमा पनि गरौँ भनेर सुरु गरेका छौं,’ टेनिस टिमका अध्यक्ष अयज विष्टले टेनिसको बढ्दो प्रचलनबारे भने, ‘पहिला १६, १७ भएपछि मात्र खेल्न सुरुवात गर्थ्यौँ, अहिले त विश्वभर नै ७ वर्षबाट टेनिस खेलाउन सुरु गरिन थालिएको छ।’

प्रतियोगिता आयोजना गर्नका लागि डेढ लाख आवश्यक पर्नेमा धेरै रकम दर्ता शुल्कबाट प्राप्त हुने आयोजकले बताएको छ। यू–८ र ९ को लागि आयोजकले पाँच सय रूपैया दर्ता शूल्क तोकेको छ भने बाँकी उमेर समूहका प्रतिस्पर्धीले हजार रूपैयाँ तिर्नुपर्ने छ।

प्रतियोगिताका लागि दर्ता प्रक्रिया समाप्त भएर टाइसिट बनिसकेको आयोजकले बताएको छ। प्रतियोगिता लिगकम नकआउट शैलीमा हुनेछ। जहाँ १२९ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा नेपाल टेनिस संघका महासचिव मनोहर दास मूलले सरकारले संघलाई छुट्याएको बजेटले प्रतियोगिता गर्न नसकिने भन्दै अन्य आयोजकलाई सहयोग गर्दै आएको बताएका छन्।

उनले भने, ‘सरकारले टेनिसलाई छुट्याउने गरेको त्यही तीन लाख हो। त्यसले त तीनजना खेलाडीलाई विदेश खेल्न पठाउन पनि पुग्दैन।’

सरकारी बजेट कम भएकाले टेनिस कोर्टमा गराइने अभ्यासबाट रकम संकलन गरेर संघ चलिरहेको महासचिव मूल बताउँछन्।

यता टेनिस टिम नेपालले भने आफैँले बनाएको क्ले कोर्टमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो। ‘करिब साढे ६ रोपनी क्षेत्रफलमा हामीले ५ क्ले कोर्ट निमार्ण कार्य सम्पन्न गरिसकेका छौं। जहाँ तीन बटा डबल कोर्ट र यू–८ र यू–९ को एक एक वटा गरिन पाँच बटा कोर्ट रहेका छन्,’ प्रेस विज्ञप्तिमा भनिएको छ,।

जुनियरतर्फ प्रतियोगिताका विजेताले नगद पुरस्कार पाउने व्यवस्था नभएकाले ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ।

प्रकाशित: Feb 12, 2021| 08:45 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।