मंगलबार, चैत १०, २०८२

१४ हजार ७५० शिक्षक दरबन्दी रिक्त, आयोगमा पदाधिकारी नहुँदा खुलेन विज्ञापन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै १२ हजार ६१ शिक्षक दरबन्दी रिक्त रहेको विवरण शिक्षक सेवा आयोगमा पठाएको छ।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं– देशभरका सामुदायिक विद्यालयमा १४ हजार ७५० शिक्षक दरबन्दी रिक्त छ। 

National life

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै १२ हजार ६१ शिक्षक दरबन्दी रिक्त रहेको विवरण शिक्षक सेवा आयोगमा पठाएको छ।

प्राथमिक तहमा नौ हजार १०६, निम्न माध्यमिक तहमा एक हजार ९१३ र माध्यमिक तहमा एक हजार ४२ शिक्षक दरबन्दी रिक्त रहको विवरण आयोगमा पठाइएको केन्द्रका निर्देशक वसन्त कोइरालाले जानकारी दिए। 

केन्द्रका अनुसार आन्तरिक बढुवातर्फ दुई हजार ६८९ दरबन्दी रिक्त छ। 

आन्तरिक बढुवातर्फ प्राथमिक प्रथममा तीन सय ८४ र द्वितीयमा एक हजार ३२५, निमावि प्रथममा ६९ र द्वितीयमा ३६४ तथा माध्यमिक प्रथममा ९९ र द्वितीयमा ४४८ पदपूर्ति हुन सकेको छैन।

Laxmi sunrise bank
kumari

ठूलो संख्यामा दरबन्दी रिक्त भए पनि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त नहुँदा विज्ञापन गर्न सकिएको छैन। 

रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न आयोगले प्रक्रिया अघि बढाए पनि आयोग पदाधिकारीविहीन हुँदा तत्काल विज्ञापन गर्ने अवस्था नरहेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए। 

केन्द्रले आयोगलाई रिक्त शिक्षक दरबन्दी संख्या उपलब्ध गराएपछि आयोगले आन्तरिक बढुवा तथा खुलातर्फ विज्ञापन गर्नुपर्ने कानुनी प्रावधान छ। 

मरहठ्ठाले भने, ‘देशभर तत्काल पदपूर्ति गर्नैपर्ने शिक्षक दरबन्दी संख्या धेरै छ तर आयोग पदाधिकारी नियुक्ति नहुँदा शिक्षक छनोटका लागि तत्काल विज्ञापन गर्ने अवस्था छैन।’

आयोगले अबदेखि निमावि र मावि शिक्षकको विज्ञापन  प्रदेशअनुसार गर्ने भएको छ। यसअघि दुवै तहको विज्ञापन विकास क्षेत्रअनुसार गरिँदै आएको थियो।

शिक्षक सेवा आयोग नियमावली दसौं संशोधनमा प्रदेशअनुसार विज्ञापन गर्ने व्यवस्था छ। प्रावि तहको विज्ञापन भने जिल्लागत रूपमा हुँदै आएको छ। 

शिक्षा ऐनअनुसार विद्यालय तहको संरचना आधारभूत र माध्यमिक गरी दुई तहको छ। 

तर शिक्षा सेवा आयोग नियमावली, २०५८ र शिक्षक सेवा आयोग कार्यविधि, २०५९ को व्यवस्थाअनुरुप तीन तहमा विज्ञापन गरिँदै आएको छ।

शिक्षा मन्त्रालयले कक्षा १२ सम्मका लागि समेट्ने गरी विज्ञापन गर्ने बताउँदै आए पनि अहिलेसम्म १२ कक्षासम्म पढाउनका लागि कुनकुन विषयमा कस्ता शिक्षक आवश्यक पर्छन् भन्ने टुंगो लगाइसकेको छैन।

प्रकाशित: Feb 12, 2021| 08:32 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्