शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिला धेरै बोल्छन् भन्ने टोक्यो ओलम्पिक कमिटीका अध्यक्षले दिए राजीनामा 

महिला धेरै बोल्छन् भन्ने टोक्यो ओलम्पिक कमिटीका अध्यक्षले दिए राजीनामा 

स्त्रीद्वेषी टिप्पणीका कारण टोक्यो ओलम्पिक कमिटीका अध्यक्ष तथा जापानका पूर्व प्रधानमन्त्री योशिरो मोरीले राजीनमा दिनु परेको छ। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

टोक्यो ओलम्पिक कमिटीका अध्यक्ष तथा जापानका पूर्व प्रधानमन्त्री योशिरो मोरीले उनको स्त्रीद्वेषी टिप्पणीका कारण राजीनामा दिनु परेको छ। 

विश्वभर उच्च पदमा महिला सहभागिता बढाउने प्रयास भइरहेका छन्। यसैबेला जापानमा टोक्यो ओलम्पिक कमिटीका अध्यक्षले एक बैठकमा भने, ‘यदि बोर्डमा महिला सदस्यको संख्या बढाउने हो भने, उनीहरु बोल्ने समय सीमित गरेर तोक्नुपर्छ। महिलाहरु दिक्क लाग्दो गरी बोलिरहन्छन्, उनीहरुलाई कुरा टुंग्याउन समस्या हुन्छ।’

मोरीको यो बयानपछि उनको निकै आलोचना भयो। ४ फेब्रुअरीमा उनले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो अभिव्यक्ति गलत भएको र ओलम्पिक खेलको भावनासँग मेल नखाने भए पनि आफूले राजीनामा नगर्ने बताएका थिए। 

तर शुक्रबार भएको ओलम्पिक समितिको बैठकमा उनले राजीनामा दिएका छन्। ८३ वर्षीय योशिरो मोरी अप्रिल २००० देखि अप्रिल २००१ सम्म जापानका प्रधानमन्त्री थिए। प्रधानमन्त्रीका रुपमा उनको कार्यकाल पनि विवादित भएको थियो। 

अमेरिकाको सबमरिनले एउटा जापानी जहाजमाथि आक्रमण गरेको खबर प्राप्त भइसकेपछि पनि मोरीले त्यसलाई बेवास्ता गर्दै गल्फ खेलिरहेको आरोप लागेको थियो। उक्त आक्रमणमा जहाजमा सवार नौ जना माझीको ज्यान गएको थियो। 

प्रधानमन्त्री पदबाट हटेपछि उनी जापान र रुसको कूटनीतिक सम्बन्धमा काम गरिरहेका थिए। यसबाहेक उनी अन्तर्राष्ट्रिय खेल आयोजनाका क्षेत्रमा पनि सक्रिय थिए। सन् २०१९ मा जापानमा रग्बीको विश्वकप आयोेजना गरेको श्रेय उनैलाई जान्छ। उनले जापानमा ओलम्पिक खेल गराएपछि सबै प्रकारका सेवाबाट विश्राम लिने बताउँदै आएका थिए। 

टोक्यो ओलम्पिक २०२० मा जापानमा आयोजना हुने भनिए पनि कोरोना महामारीका कारण यसलाई एक वर्षपछि सारिएको छ।

मोरीसँग पत्रकारले ‘के तपाईं महिलाहरु वास्तवमै धेरै बोल्छन् भन्ने ठान्नुहुन्छ?’ भनेर सोधेपछि उनले जवाफ दिए, ‘लामो समयदेखि महिलाहरुसँग मेरो खास कुराकानी भएको छैन, त्यसैले मलाई थाहा छैन।’
रोयटर्स/एएफपी 
 

प्रकाशित: Feb 12, 2021| 08:10 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।