शनिबार, असार २७, २०८३

‘सफल पोखरा म्याराथन’ शनिबार

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा फागुन १ मा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

पोखरा– भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा फागुन १ मा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ। यसका लागि आवश्यक तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ। 

मञ्चका अध्यक्ष तेज गुरुङले विश्वमा विभिन्न मुलुकमा सिटी म्याराथनको अवधारणको विकास भइरहेको र त्यसका माध्यमबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसाथ कोभिडको प्रभावबीच पनि निरन्तरता दिइएको बताए। मुलुकको खेलकुद विकासमा सहयोग पुर्याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृति विकास गर्ने मञ्चको उद्देश्य रहेको उनले प्रष्ट पारे। 

प्रतियोगिताका लागि विभिन्न देशमा रहेका नेपालका विभिन्न संघसंस्थाहरुमध्ये पोखरेली मञ्च युके, सहारा युके, हङकङ नेपाली समाज, अमेरिकास्थित बोस्टनमा बसोबास गर्नेहरुले सहयोग गरेको उनले बताए। 

यसपालिको प्रतियोगिता विभिन्न मितिमा चरणबद्ध हुनेछ। पहिलो दिन शनिबार म्याराथन (४२.१९५ किमी) सहित यसपालि समेटिएको हाफ म्याराथन (२१ किमी) हुनेछ। 

त्यस्तै, महिला र पुरुषको ह्विलचियर दौड फागुन २२ मा, १० किमी दौड चैत १४ मा र ५ किमीको दौड बैशाख ४ मा हुनेछ। १० किमी र ५ किमी दौडमा महिला पुरुष दुवै सहभागी हुन पाउने छन्।  

म्याराथनमा पोखरा महानगरका वडा १ देखि १७ सम्मका वडा समेटिएको रुट तय गरिएको छ। रुट पर्ने चोकहरुमा स्थानीय संघ–संस्था, आमा समूह र सांस्कृतिक समूहले आ–आफ्नो भेषभूषा, पञ्चेबाजा, भजन चुड्कासहित धावकलाई स्वागत गर्ने कार्यक्रम छ।

धावक दौडने रुटमा अतिआवश्यक बाहेक अन्य सार्वजनिक र निजी यातायात सेवा सञ्चालन रोक्ने प्रतिबद्धता यातायात व्यवसायले गरेका छन्।

म्याराथनका विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सान्त्वनालाई २५ हजार प्रदान गरिनेछ। 

महिलामात्र धावक रहने हाफ म्याराथन विजेताले १ लाख,  दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वताले १५ हजार पाउने छन्। 

आयोजकले प्रतियोगिता सञ्चालन गर्न कुल ५० लाख रुपैयाँ बढी खर्च हुने अनुमान गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजक सुजल डेरीको उत्पादन सफल दूध हो । 

प्रकाशित: Feb 12, 2021| 06:57 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।