शुक्रबार, भदौ १९, २०८३

नेपाल-ओमन-अमेरिका सिरिज स्थगित

आगामी मार्चमा हुने तय भएको नेपाल-अमेरिका-ओमन सिरिज स्थगित भएको छ।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं - आगामी मार्चमा हुने तय भएको नेपाल-अमेरिका-ओमन सिरिज स्थगित भएको छ।

आईसीसी एक दिवसीय विश्वकपअन्तर्गतको लिग-२ को खेल स्थगित भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ।

उसले एक सूचना जारी गर्दै लेखेको छ, ‘यो सिरिजसँगै आईसीसीले अप्रिल २०२१ को पीएनजी, ओमन र स्कटल्यान्डबीचको सिरिज पनि स्थगित भएको छ।’

‘त्यस्तै २०२१ मे मा हुने पीएनजी, यूएसए र नामिबियाबीचको सिरिज पनि स्थगित भएको छ,’ आईसीसीलाई उद्धृत गर्दै क्यानले लेखेको छ।

आईसीसीले डिसेम्बर दोस्रो हप्तामा लिग–२ अन्तर्गतको नयाँ तालिका सार्वजनिक गरेको थियो। 

सो तालिका अनुसार नेपालले आउँदो मार्चमा कोरोना महामारीपछि लिग–२ को पहिलो सिरिज खेल्ने तय भएको थियो।

लिग–२ अन्तर्गत नेपालले सुरुआती सिरिज भने कोरोनाको महामारीअघि नै घरेलु मैदानमा खेलेको छ।

महामारीपछि जारी भएको तालिकाअनुसार नेपालले २०२१ मा दुई शृंखला खेल्ने तय थियो भने २०२२ मा चार शृंखला खेल्ने तय थियो।

तर, तय भइसकेका सिरिज कोभिड–१९ को प्रभाव, क्वारेन्टिन प्रावधान र विभिन्न देशबीच रहेको भ्रमण अवरोधका कारण सिरिज स्थगित गरिएको आईसीसीले बताएको छ।

नेपाली राष्ट्रिय टाेलीकाे बन्द प्रशिक्षण भने नराेकिने क्यानका काेषाध्यक्ष राेशन सिंहले बताए।

प्रकाशित: Feb 12, 2021| 06:18 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।