शुक्रबार, भदौ १९, २०८३

नेकपा वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

नेकपाको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन्।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन्।

अहिले बिहान साढे ११ बजे उनी नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत् दिल्ली प्रस्थान गरेका हुन्।

स्वास्थ्य उपचारका लागि खनाल दिल्ली गएको उनको सचिवालयले जनाएको छ। 

वरिष्ठ नेता खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। 

खनाल नियमित फलोअपका लागि दिल्ली गएका हुन्। उनी उपचार गरेर चारदिनपछि फर्किने कार्यक्रम छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा खनालको उपचार हुनेछ।

प्रकाशित: Feb 12, 2021| 06:03 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।