शुक्रबार, भदौ १९, २०८३

रैथाने जातका बीउ खोज्दै कृषक

पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन्।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

डडेल्धुरा - बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजन खोज्न थालेका छन्।

पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन्।

चैत महिनासम्म पनि भित्र्याउन मिल्ने ‘चोतो’ आर्थात् रैथाने जातको मूला बजारमा भेटिँदैन।

एउटा घरमा पाकेपछि टोलभरि नै वासना आउने अर्को रैथाने जातको काउली बजार नआएको डेढ दशक भइसकेको छ।

परम्परागत जातका कागती र सुन्तला पनि हराइसकेका छन्। रैथाने जातको अदुवा र लसुन पनि पछिल्लो समय बजारमा पातलिएको छ।

अमरगढी–१ का कृषक रामबहादुर ऐर पछिल्लो समय परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भइरहेको बताउँछन्। 

सीमावर्ती क्षेत्रमा नेपाली बजारलाई लक्षित गरी भारतीय कृषकले उत्पादन गरेको हाइब्रिड जातका उत्पादनसँग पहाडी क्षेत्रका कृषकले प्रतिस्पर्धा गर्न निकै कठिन हुन थालेको कृषकहरूको अनुभव छ। 

परम्परागत बीउबिजनको प्रयोगबाट हुने उत्पादनको बजार पहाडी जिल्लामा प्रशस्त रहेको स्थानीय कृषक धनीराम जोशीले बताए। 

सरकारले पनि रैथाने बीउबिजनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर कृषि नीति तय गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्ट बताउँछन्। 

रैथाने जातका बीउबिजनको प्रयोग जैविक विविधताको संरक्षणसँग समेत जोडिएको विषय भएको उनको भनाइ छ। रासस

प्रकाशित: Feb 12, 2021| 04:22 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।