शनिबार, असार २७, २०८३

महिला लिगमा पुलिस र चन्द्रपुर भिड्ने

राष्ट्रिय महिला लिग अन्तर्गत आज एकमात्र खेल हुँदैछ। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काडमाडौं- राष्ट्रिय महिला लिग अन्तर्गत आज एकमात्र खेल हुँदैछ। 

आजको खेलमा विभागीय क्लब नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।

सातोबाटोस्थित एन्फाको खेल मैदानमा खेल दिउँसोको दुई बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै विभागीय क्लब पुलिस तेस्रो स्थानमा पुग्न चहान्छ।

तर, चौथो स्थानमा रहेको पुलिस क्लबले तेस्रो स्थानमा पुग्नका लागि तीनभन्दा धेरै गोलअन्तरको जित निकाल्नुपर्ने हुन्छ।

त्यस्तै, यता चन्द्रपुर पनि पहिलो गेलको पराजिको प्रतिसोध साँध्ने दाउमा हुनेछ। ऊ पनि आजको खेलमा जित निकाल्दै अंकतालिका सुधार गर्न चहान्छ।

पहिलो लेगको खेलमा  पुलिसले चन्द्रपुरलाई ३–१ गोलको जित निकालेको थियो।

सो खेलमा पुलिसकी निर्मला, निरु थापा र अनुश्का शेर्पाले समान १–१ गोल गरेका थिए भने चन्द्रपुरकी सविता कुमारी रानाले एक गोल फर्काएकी थिइन्।
 

प्रकाशित: Feb 12, 2021| 03:06 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।