शनिबार, असार २७, २०८३

चेल्सी एफए कपको क्वार्टरफाइनलमा

प्रिमियर क्लब चेल्सी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं- प्रिमियर क्लब चेल्सी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति सम्पन्न खेलमा उसले च्याम्पियनसिप क्लब बर्नस्लीविरुद्ध १–० गोलको जित निकालेको हो।

जितका लागि चेल्सीका टामी अब्राहमले एकमात्र निर्णायक गोल गरे। उनले खेलको ६४ औं मिनेटमा गोल गर्दै क्लबलाई पाँचौ चरण पार गराएका हुन्।

जित निकाल्ने क्रममा अब्राहमले आर जेम्सको पास सदुपयोग गरेका थिए।

त्यस्तै, गएरातिको अर्को खेलमा उल्भरह्याम्टनविरुद्ध जित निकाल्दै साउथह्याम्टन क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

साउथह्याम्टले २–० गोलको जित निकाल्दा ड्यानी इंग्स र स्टुअर्ट आर्मस्ट्रङले समान १–१ गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

इंग्सले ४९ औं मिनेटमा सुरुआति गोल गरेका थिए भने आर्मस्ट्रङले खेलको अन्तिम मिनेटमा गोल गर्दै साउथह्याम्टनलाई जित २–० गोलको जित दिलाए।

गएरातिको हारसँगै बर्नस्ली र उल्भ प्रतियोगिताबाट बाहिरिएका छन् भने विजेता क्लब अर्को चरणमा प्रवेश गरेका छन्।

अब क्वार्टरफाइनलका सबै खेल मार्च २० मा हुनेछ।

क्वार्टरफाइनलको ड्र 

एभर्टन र म्यानचेस्टर सिटी

लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड

बर्नेमाउथ र साउथह्याम्टन

चेल्सी र शेफिल्ड युनाइटेड
 

प्रकाशित: Feb 12, 2021| 02:25 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।