शनिबार, असार २७, २०८३

क्लब विश्वकपको उपाधि बायर्न म्युनिखलाई

म्याक्सिकन क्लब टिग्रिस उनललाई हराउँदै क्लब विश्वकपको उपाधि बायर्न म्युनिखले जितेको छ।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं – म्याक्सिकन क्लब टिग्रिस उनललाई हराउँदै क्लब विश्वकपको उपाधि बायर्न म्युनिखले जितेको छ।

बिहीबार राति कतारमा सम्पन्न फाइनल खेलमा जर्मनल क्बल बायर्नले टिग्रिसविरुद्ध १–० गोलको जित निकालेको हो।

बायर्नको जितका लागि बेञ्जामिन पावर्डले एक मात्र गोल गरे। खेलको ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको हेडमा टिग्रिसका गोलकिपर बाधक बनेपछि फर्किएको बललाई पावर्डले पोस्टमा प्रहार गर्दैै निर्णायक गोल गरेका थिए।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरी भएको थियो भने प्रतिस्पर्धात्मक फाइनल खेलमा पावर्डको गोलपछि अन्य गोल हुन सकेन।

गएरातिको जितसँगै युरोपियन क्लबले सात वर्षको अपराजित यात्रा कायम राखेको छ।

सन २०१३ मा बायर्नले क्लब विश्वकप जितेपछि त्यसयता सबै विश्वकप युरोपियन क्लबले नै जितेका छन्। यसबीच रियल मड्रिडले चारपटक जितेको छ भने बार्सिलोनाले एकपटक जितेको छ। त्यस्तै बाँकी एकपटक भने लिभरपुलले जितेको छ।

गएरातिको जितसँगै बायर्नले दोस्रोपटक क्लब विश्वकप जितेको हो। बायर्नले पहिलोपटक उपाधि जित्दा राजा कसाब्लांकाविरुद्ध २–० गोलको जित निकालेको थियो।

यी हुन् फिफा क्लब विश्वकप जित्ने क्लब

रियल मड्रिड (२०१४, २०१६, २०१७, २०१८)

बार्सिलोना (२००९, २०११, २०१५)

कोरिन्थियन्स (२०००, २०१२)

एसी मिलान (२००७)

बायर्न म्युनिख (२०१३)

इन्टरनालियनल (२००६)

इन्टर मिलान (२०१०)

लिभरपुल (२०१९)

म्यानचेस्टर युनाइटेड (२००८)

साओ पावलो (२००५)

प्रकाशित: Feb 12, 2021| 01:56 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।