शुक्रबार, भदौ १९, २०८३

काठमाडौंमा अब एटीएमले दिन्छ पिउने पानी

सरकारले काठमाडौंमा सहज रुपमा पिउने पानीका लागि वाटर एटीएम राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं-  काठमाडौं उपत्यकामा तपाईंलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन्। सहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ। ग्रामीण क्षेत्रमा भए त सहजै पाइन्थ्यो। 

काठमाडौं उपत्यकामा कि त पसलमा गएर बोत्तलको पानी खरिद गर्नुपर्छ। त्यसो नभए चुपचाप बस्नुपर्छ। यसअघि राजधानीमा नागरिकले सहज रुपमा पानी पिउन पाउने अवस्था थिएन। पसलमा खरिद गरिने पानी पनि मूल्यका आधारमा असाध्यै महँगो हुने गरेको छ। 

प्यास लाग्दा पानी पनि नपाउने अवस्थालाई ध्यानमा राखेर सरकारले काठमाडौं महानगरभित्र पहिलो चरणमा स्वचालित प्रणालीबाट पानी पिउन पाउने प्रणालीको विकास गरेको छ। सरकारले त्यसलाई वाटर एटीएमको नाम दिएको छ। 

एटीएम भन्नेबित्तिकै पैसा निकाल्ने मेसिनको चित्र हामी सबैको दिमागमा आउँछ। किनकि नेपालीले देखेको पनि र प्रयोग गरेको पनि त्यही हो।

सरकारले काठमाडौंमा सहज रुपमा पिउने पानीका लागि वाटर एटीएम राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ। यसले आमरुपमा नागरिकलाई राहत दिनेछ। वाटर एटीएमबाट पानी पिउनका लागि निश्चित पैसा भने तिर्नुपर्नेछ। 

खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले बिहीबारदेखि काठमाडौंमा वाटर एटीएम सञ्चालनमा ल्याएको हो। 

एक कार्यक्रमकाबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरे। सरकारको योजनाअनुसार पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भू भगवान् पाउमा वाटर एटीएम सञ्चालन गरिएको छ। 

वाटर एटीएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध हुने सरकारको भनाइ छ। वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले २०० मिलिमिटरका लागि दुई रुपैयाँ तिर्नुपर्नेछ। 
यस्तै एक लिटरका लागि पाँच रुपैयाँ तिर्नुपर्छ।

वाटर एटीएम आगामी तीन महिनासम्म सामान आपूर्तिकर्ताले नै सञ्चालन गर्नेछ। यस्तै तीन महिनापछि भने बोर्डलाई हस्तान्तरण गर्नेछ। उक्त एटीएमबाट जाडोको समयमा तातो र गर्मी समयमा चिसो पानी उपलब्ध गराउनेछ। त्यसका लागि आवश्यक प्रणालीसमेत जडान गरिएको छ। 

वाटर एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ। काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार आगामी तीन साताभित्र राजधानी काठमाडौंका विभिन्न १५ स्थानमा त्यस्ता एटीएम जडान गरिनेछ। एटीएमबाट कसरी पानी निकाल्ने भन्नेबारेमा बुझिने भाषामा जानकारीसमेत राखिएको छ। 

आगामी एक साताभित्र कलंकी मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धूम्रबाराहीमा पनि वाटर एटीएम सञ्चालन गर्ने तयारी गरिएको छ। रासस

प्रकाशित: Feb 11, 2021| 14:54 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।