शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुखसहित चार जना अख्तियारको नियन्त्रणमा 

पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुखसहित चार जना अख्तियारको नियन्त्रणमा 

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जना स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

बुटवल- सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जना स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। 

रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देही सैनामैना नगरपालिका वडा नं १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट स्रोत नखुलेको एक लाख ९० हजार नगदसहित चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो। 

उनीहरुलाई आयोगको कार्यालय, बुटवलको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। 

पक्राउ पर्नेमा प्रमुख श्रेष्ठसहित इन्जिनियर निर्मल पन्त, सब इन्जिनियर प्रेमकुमार बराल र सवारीचालक मानसिंह पुन मगरलाई नियन्त्रणमा लिइएको भुसालले बताए। नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलले जनाएको छ।

प्रकाशित: Feb 11, 2021| 14:36 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।