शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गंगामायालाई आईसीयूमा राखेर उपचार गर्न आयोगको निर्देशन

गंगामायालाई आईसीयूमा राखेर उपचार गर्न आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले तत्काल सुविधा सम्पन्न सघन कक्ष (आईसीयू) मा राखी उपचारको व्यवस्था गराउन वीर अस्पताल प्रशासनलाई निर्देशन दिएको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले तत्काल सुविधा सम्पन्न सघन कक्ष (आईसीयू) मा राखी उपचारको व्यवस्था गराउन वीर अस्पताल प्रशासनलाई निर्देशन दिएको छ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै लामो समयदेखि अनशनरत गंगामायाको स्वास्थ्य अवस्था बुझ्न बिहीबार वीर अस्पताल पुगेको आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा गएको सदस्यहरूसहितको उच्चस्तरीय टोलीले यस्तो निर्देशन दिएको हो।

अध्यक्ष मगरले गंगामायाकाे स्वास्थ्य अवस्थाबारे आयोगलाई जानकारी गराउन पनि निर्देशन दिएका छन्।

आयोग टोलीले गंगामायाको अवस्थाको अवलोकन गर्नुका साथै  उपचारका सम्बन्धमा वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलगायतका चिकित्सकसँग जानकारी लिएको थियो। 

गंगामायाको शरीरमा आवश्यक पोषक तत्त्वको कमी तथा नसा साँगुरिएको कारण जुनसुकै बेला पनि स्वास्थ्यमा गम्भीर समस्या आई जीवन नै जोखिममा पर्न सक्ने देखिएको आयोगले जनाएको छ। 

आयोगले गंगामायाको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ। साथै, आमरण अनशन जस्तो जीवन जोखिममा पर्नसक्ने बाटो नरोज्न पनि आयोगको उच्चस्तरीय टोलीले गंगामायालाई आग्रह गरेको छ।

प्रकाशित: Feb 11, 2021| 13:49 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।