शुक्रबार, भदौ १९, २०८३

अदालत कसैको गर्जनमा प्रभावित हुनु हुँदैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाएका छन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

विराटनगर– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाएका छन्। उनले सनकको भरमा प्रतिनिधिसभा विघटन गरिएको बताए। थापाले भने, ‘पार्टीभित्रको कारण देखाएर संसद् विघटन गर्न पाइँदैन।’

नेपाली कांग्रेस विराटनगर महानगर समितिले बिहीबार आयोजना गरेको गोष्ठीमा नेता थापाले सो कुरा बताएका हुन्। संविधानको रक्षा एवं प्राण बचाउन सर्वोच्च अदालतप्रति विश्वास रहेको उनले बताए। संविधानको चिरहरण भएमा नेपाली कांग्रेसले ठेगान लगाउने नेता थापाको भनाइ छ। सर्वोच्च अदालतले कसैको गर्जनमा प्रभावित बन्न नहुने उनको तर्क छ। 

केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान विपरीत हुने कुनै पनि कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताए। सरकारको पछिल्लो कदम सच्चिनुपर्ने उनको जोड छ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधिविहीन अवस्थालाई अन्त्य गर्न सर्वोच्च अदालतले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए। 

संविधानविद् डा. विपीन अधिकारीले संविधानमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गरे। उनले प्रजातन्त्र र संविधानको मूल्यमान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नुपर्ने बताए। 
 

प्रकाशित: Feb 11, 2021| 13:19 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।