शनिबार, असार २७, २०८३

सागका दोहोरो स्वर्ण विजेता मण्डेकाजीको बढुवा

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा भएका छन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा भएका छन्।

सागमा दोहोरो स्वर्ण जितेर श्रेष्ठ वर्षभरि चर्चामा रहे। नेपाल पुलिसबाट राष्ट्रिय प्रतियोगिता खेल्ने श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए।

बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण जितेका श्रेष्ठले एकल कातामा भने कांस्य जितेका थिए। त्यस्तै, उनलाई भर्खरै खेलकुद पत्रकार मञ्चले वर्ष खेलाडी अवार्डले सम्मानित गरेको थियो।

प्रकाशित: Feb 11, 2021| 12:27 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।