शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिविका पाँच पूर्वउपकुलपति भन्छन्, शिक्षक–विद्यार्थी खोपको प्राथमिकतामा नपर्नु विडम्बना

त्रिविका पाँच पूर्वउपकुलपति भन्छन्, शिक्षक–विद्यार्थी खोपको प्राथमिकतामा नपर्नु विडम्बना

शिक्षक विद्यार्थीको भौतिक उपस्थितिमा स्कुल, कलेज र विश्वविद्यालयका कक्षा सञ्चालन हुन थालेपछि ठूलो संख्यामा शिक्षक–कर्मचारी र विद्यार्थीमा कोरोनाको जोखिम बढेको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरुले ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन उपेक्षा गरेकोमा आपत्ति जनाएका छन्।

कोरोना भाइरसविरुद्ध खोप लगाउने दोस्रो चरण सकिँदासम्म पनि जोखिममा रहेका ज्येष्ठ नागरिक उपेक्षित रहनु सामाजिक न्यायविपरीत रहेको उनीहरुको ठहर छ। 

पूर्वउपकुलपतिहरु महेश्वरकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नवीनजंग शाह र हीराबहादुर महर्जनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तथाकथित प्राथमिकतामा परेका भनिएकाहरुले मात्र पनि त्यो सुविधा पाएको नभई पहुँचवालाहरुले खोपको सुविधा पाइसकेका छन्।'

शिक्षक विद्यार्थीको भौतिक उपस्थितिमा स्कुल, कलेज र विश्वविद्यालयका कक्षा सञ्चालन हुन थालेपछि ठूलो संख्यामा शिक्षक–कर्मचारी र विद्यार्थीमा कोरोनाको जोखिम बढेको उल्लेख गर्दै विज्ञप्तिमा छ, ‘प्राथमिकताको सूचीमा यो वर्ग नपुर्न एउटा विडम्बना नै हो।’

यसबाट सामाजिक नैतिकताको उल्लंघन भएको उनीहरुले जनाएका छन्। 
 

प्रकाशित: Feb 11, 2021| 11:43 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।