काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबार आइतबारदेखि हुने भएको छ। हालै आईपीओ बाँडफाँड गरेको बैंकको कारोबार दोस्रो बजारमा हुन लागेको हो।
नेपाल स्टक एक्स्चेन्ज )नेप्से) ले आज बिहीबार कम्पनीको २० करोड कित्ता सेयर सूचीकरण गरेको छ। नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसामा गर्न मिल्ने बताएको छ।