शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भागरथी हत्याको छानबिनका लागि उच्चस्तरीय टोली खटाउन माग

भागरथी हत्याको छानबिनका लागि उच्चस्तरीय टोली खटाउन माग

नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीकी भागरथी भट्ट हत्याको अनुसन्धान गर्न घटनास्थलमा सरकारी उच्चस्तरीय टोली खटाउन माग गरेका छन्। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीकी भागरथी भट्ट हत्याको अनुसन्धान गर्न घटनास्थलमा सरकारी उच्चस्तरीय टोली खटाउन माग गरेका छन्। 

नेता लेखकले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर यस्तो माग गरेका हुन्। सो क्रममा गृहमन्त्री थापाले अनुसन्धानलाई तिव्रता दिइएको र छिट्टै अपराधी पत्ता लगाउने आश्वासन दिएका थिए।

छानबिनको लागि गृह मन्त्रालयले उच्चस्तरीय टोली बैतडी पठाउने गृहमन्त्री थापाले बताए। यसअघि कांग्रेस केन्द्रीय समितिले नेता लेखकलाई केन्द्रीय प्रतिनिधिका रुपमा बैतडी पठाई घटनाको बारेमा बुझ्ने निर्णय बुधबार गरेको थियो।

बैतडी जानुभन्दा अघि बैतडीका स्थानीयसहित गृहमन्त्रीलाई भेटेका लेखकले घटनास्थलमा उच्चस्तरीय टोली खटाई सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारवाहीको लागि ध्यानाकर्षण गराएका हुन् ।
 

प्रकाशित: Feb 11, 2021| 11:30 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।