शुक्रबार, भदौ १९, २०८३

बुुटवलमा नेकपा ओली समूहको मोटरसाइकल र्‍याली 

नेकपा (ओली समूह) ले बिहीबार बुुटवलमा मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

बुटवल– नेकपा (ओली समूह) ले बिहीबार बुुटवलमा मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ। 

ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्‍याली निकालेर शक्ति प्रदर्शन गरेका हुन्।

फागुन १ गते बुुटवलमा हुने आमसभाको प्रचार तथा वैशाखमा घोषणा गरिएको निर्वाचनको समर्थनसहित र्‍याली गरिएको नेकपा ओली समूहले जनाएको छ। 

राजमार्ग चौराहबाट सुरु भएको र्‍याली ट्राफिक चोक, गोलपार्क, हाटबजार, अमरपथ हुँदै पुष्पलाल पार्कमा पुगेर सम्पन्न भएको थियो। र्‍यालीको मुख्यमन्त्री तथा नेकपा ओली समूहका प्रदेश इन्चार्ज शंकर पोखरेलले उद्घाटन गरेका थिए।

फागुन १ गते बुटवल सुख्खानगरस्थित सिद्धेश्वर खेल मैदानमा आमसभा गर्ने भएको छ। सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: Feb 11, 2021| 11:16 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।