शुक्रबार, भदौ १९, २०८३

थप ८१ जना कोरोना संक्रमित, पाँच जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकामा ३३ सहित देशभर थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकामा ३३ सहित देशभर थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोही अवधिमा देशभरबाट थप १ सय ११ जना संक्रमणमुक्त भएका छन्। 

देशभरका बिभिन्न प्रयोगशालामा तीन हजार २३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

नेपालमा हालसम्म कुल २१ लाख सात हजार ६ सय ४९ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या दुुई लाख ७२ हजार ४ सय ३० पुगेको छ। 

हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७१८ छ भने आईसीयूमा ६४ र भेन्टिलेटरमा १३ जना उपचाररत छन्।

पछिल्लो २४ घण्टामा थप पाँच जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ।

प्रकाशित: Feb 11, 2021| 10:56 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।