आइतबार, चैत १, २०८२

क्लब विश्वकप फाइनल आज, बायर्नलाई टिग्रिसको चुनौती

क्लब विश्वकपमा स्पेनिस क्लबले सात उपाधि जितेका छन् भने ब्राजिलियन क्लबले चार उपाधि जितेका छन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काडमाडौं– सोमबार राति जर्मन क्लब बायर्न म्युनिख इजिप्सियन क्लब अल अहिलीलाई हराउँदै दोस्रो पटक फिफा क्लब विश्वकपको फाइनलमा पुग्यो।

National life

एक पटक फाइनल खेलेर उपाधि जितिसकेको बायर्न दोस्रोपटक फाइनल पुगेको हो। कतारमा हुने फाइनल खेलमा आज राति पौने १२ बजे बायर्नले टिग्रिस उलको सामना गर्नेछ।

कोन्केक्याफ च्याम्पियन्स लिगको सात पटकको विजेता हो, मेक्सिकन क्लब टिग्रिस। र, यो क्लबलाई पूर्व फ्रान्स र मार्सेल्लीका फरवार्ड आन्द्रे पियरे जिन्कले नेतृत्व गरिरहेका छन्।

यता, लिस्बनमा भएको फाइनलमा पीएसजीलाई १–० गोलले हराउँदै बायर्नले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

त्यस्तै, बायर्नले यसअघि सन् २०१३ मा पनि विश्वकप जितिसकेको छ। बुन्डेसलिगा क्लबको क्लब विश्वकपमा यो दोस्रो पटक हो। यसअघिको विश्वकपमा पेप ग्वार्डिओलाको नेतृत्वमा बायर्नले उपाधि जितेको थियो।

Laxmi sunrise bank
kumari
क्लब विश्वकप जितेपछि उत्सव मनाउँदै रियल मड्रिडका खेलाडी

पहिलोपटक उपाधि जित्दा उनले राजा कासाब्लांकाविरुद्ध २–० गोलको जित निकालेको थियो। क्लब विश्वकपका पछिल्लो सात सिजन युरोपियन क्लबले जितेका छन्। जसको सुरुवात बायर्नले नै गरेको थियो। र, अन्तिम पटक लिभरपुलले गत वर्ष जितेको थियो। यसबीच चार पटक रियल मड्रिडले जितेको छ।

यी हुन् फिफा क्लब विश्वकप जित्ने क्लब

रियल मड्रिड (२०१४, २०१६, २०१७, २०१७, २०१८)
बार्सिलोना (२००९, २०११, २०१५)
कोरिन्थियन्स (२०००, २०१२)
एसी मिलान (२००७)
बायर्न म्युनिख (२०१३)
इन्टरनालियनल (२००६)
इन्टर मिलान (२०१०)
लिभरपुल (२०१९)
म्यानचेस्टर युनाइटेड (२००८)
साओ पावलो (२००५)

विश्वकप जितेपछि २०१३ मा बायर्न म्युनिख

क्लब विश्वकपमा स्पेनिस क्लबले सात उपाधि जितेका छन् भने ब्राजिलियन क्लबले चार उपाधि जितेका छन्। त्यस्तै, इंग्ल्यान्ड र इटालीका क्लबले समान २–२ जित निकाल्दा जर्मनीको टिमले एकपटक विश्वकप जितेको छ।

क्लब विश्कपमा सर्वाधिक सात गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन्। उनले म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट सात गोल गरेका छन्।

त्यस्तै, रियलबाट अर्का खेलाडी ग्यारेथ बेलले ६ गोल गरेका छन् भने बार्सिलोनाका लियोनेल मेस्सी र लुई सुवारेजले समान ६–६ गोल गरेका छन्।

प्रकाशित: Feb 11, 2021| 10:39 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।