आइतबार, असोज ४, २०८३

१६ अंकले घट्यो नेप्से, ८ अर्ब ४१ करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १६.११ अंकले घटेको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १६.११ अंकले घटेको छ। 

२५५२ विन्दुबाट सुरु भएको बजार उतारचढाव हुँदै २५२६.९२ विन्दुमा पुगेर रोकिएको हो। 

आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६६ अंकले ओरालो लागेर ४६३.४७ विन्दुमा पुगेको छ। 

२०६ कम्पनीको १ करोड ६० लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बिहीबार बैंकिङ समूहको सूचक १०.७९, विकास बैंक २०.१४ र सामूहिक लगानी ०.०३ अंकले बढेको छ भने अरु सबै समूहको सूचक घटेको छ। 

जीवन बिमा २१४, माइक्रोफाइनान्स १२८, उत्पादन १०९ र निर्जीवन बिमा समूहको सूचक २०७ अंकले घटेको छ। त्यस्तै व्यापार ४०, होटल ४२, जलविद्युत् २५.५८ अंकले घटेको छ। 

आज चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाएका छन्।   
 

प्रकाशित: Feb 11, 2021| 10:16 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्