आइतबार, असोज ४, २०८३

सुनको मूल्य ४०० रुपैयाँ घट्यो

बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ। 

बुधबार ९१ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेको छ। 

तेजाबी सुन बुधबार ९१ हजार ४०० मा कारोबार भएको थियो। आज ९१ हजारमा झरेको छ। 

चाँदीको मूल्य २५ रुपैयाँ घटेर तोलाको एक हजार ३१५ कायम भएको छ।  
 

प्रकाशित: Feb 11, 2021| 05:37 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्