शनिबार, असार २७, २०८३

महिला लिग : चौदण्डीलाई वालिङ र आर्मीलाई विराटनगरको चुनौति

राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई (२९ औं र ३० औं) खेल हुँदैछन्। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं - राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई (२९ औं र ३० औं) खेल हुँदैछन्। 

आजको पहिलो खेलमा चौदण्डीगढीले वालिङ नगरपालिकाको चुनौति सामना गर्नेछ।

त्यस्तै दोस्रो खेलमा विराटनगर महानगरपालिकाले विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १२ बजे सुरु हुने पहिलो खेलमा चौदण्डी पहिलो जितको खोजिमा जुट्नेछ। 

यता उत्कृष्ट प्रदर्शन गरिरहेको वालिङ भने आजको खेलमा जित निकाल्दै दोस्रो स्थान सुरक्षित गर्न चहान्छ।

जारी लिग अन्तर्गत पहिलो जित निकाल्ने क्रममा वालिङले चौदण्डीलाई १०–० गोलले हराएको थियो। सो खेलमा क्यामरुनी खेलाडी मेथो रुथले दोहोरो ह्याट्रिक प्रहार गरेकी थिइन्।

यता लिगको ३० औं खेलमा आर्मी क्लब शीर्षस्थानको एपीएफसँग अंकदुरी घटाउने प्रयासमा हुनेछ। तर यसका लागि आर्मीलाई नगर टिम विराटनगर बाधक बन्न सक्नेछ।

लिगको पहिलो लेगको खेलमा आर्मीले विराटनगरविरुद्ध सहज जित निकालेको थियो। 

आर्मीकी शर्मिला थापाले ह्याट्रिक गरेको उक्त खेलमा आर्मीले ७–० गोलको जित निकालेको थियो।

महिला लिगतमा तीन विभागीय टिम र चार नगर टिम सम्मिलित छन्। 

सात टिम सम्मिलित लिगमा एपीएफ शीर्षस्थानमा छ भने अर्को विभागीय क्लब आर्मी दोस्रो स्थानमा छ।
 

प्रकाशित: Feb 11, 2021| 05:30 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।