आइतबार, असोज ४, २०८३

कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब डिशहोममा 

चर्चित कोरियन सिरियल ‘द किङ इज इन लभ’ अब डिशहोममा हेर्न सकिने भएको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौ– चर्चित कोरियन सिरियल ‘द किङ इज इन लभ’ अब डिशहोममा हेर्न सकिने भएको छ। 

डिशहोमको च्यानल नम्बर–२ रियालिटी टिभीमा आजदेखि हरेक बिहीबार राति ८ः३० बजे उक्त सिरियल प्रसारण हुनेछ। दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त सिरियल नेपाली भाषामा प्रसारण गर्न लागिएको डिशहोम नेटवर्कले जनाएको छ। 

ग्राहकलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियाँमा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रसारण गरिएको डिशहोमको भनाइ छ। 

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रसारण गर्न तयारी डिशहोमले गरेको छ।
 

प्रकाशित: Feb 11, 2021| 05:10 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्