काठमाडौं- टोटेनहम हट्स्परलाई हराउँदै प्रिमियर क्लब इभर्टन एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गोडिसन पार्कमा बुधबार राति सम्पन्न खेलमा जित निकाल्ने क्रममा एभर्टनले टोटेनहमलाई ५–४ को गोलअन्तरले हराएको हो।
एफए कप अन्तर्गत पाँचौ चरणको खेलमा जित दिलाउन एभर्टनका रिकार्डसनले दुई गोल गरे भने डोमिनिक लन, ग्युल्फी सिगुडिसन र बर्नार्डले समान १–१ गोल गरे।
खेलको तेस्रो मिनेटमै टोटेनहमका ड्याभिसन सान्चेजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। तर एभर्टनका लनले ३६ औं मिनेटमा गोल गरेपछि टोटेनहमको अग्रता तोडियो।
त्यसको दुई मिनेटपछि रिकार्डसनले गोल गरेर टोटेनहमको अग्रता खोस्दै आप्mनो पक्षमा पारेका थिए।
तर पहिलो हाफको इन्ज्युरी समयमा एरिक लमेलाले गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याए। यससँगै दोस्रो हाफको खेल सुरु हुनुअघि खेलको नतिजा २–२ गोलको थियो।
दोस्रो हाफमा पनि दुवै टिमले १–१ गोल गरेपछि खेल पुनः बराबरी भएको थियो। यसकारण खेल थप ३० मिनेट लम्बिन पुग्यो।
थपिएको समयको ९७ औं मिनेटमा बर्नार्डले गोल गरेपछि एभर्टनले ५–४ गोलका अग्रता बनायो र सोहि नजिताका साथ खेल जित्यो।
तिजसँगै एभर्टन क्वाटरफाइनलमा प्रवेश गरेको छ भने टोटेनहम प्रतियोगिताबाट बाहिरिएको छ।
बुधबार रातिकै अन्य खेलमा लेस्टर सिटी ब्राइटोनलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको छ। उसले घरेलु मैदानमा ब्रइटोनलाई १–० गोलले हराएको हो।
त्यस्तै, शेफिल्ड युनाइटेडले पनि ब्रिस्टल सिटीलाई १–० गोलले नै हराएको छ। जितसँगै शेफिल्ड पनि क्वार्टरफाइनलमा पुगेको छ।
यसबाहेक बर्नेमाउथ, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी पाँचौ चरणको खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन्।