शनिबार, असार २७, २०८३

कोपा इटालियाको फाइनलमा युभेन्टसलाई एटलान्टाको चुनौति

नापोलीलाई हराउँदै एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। यससँगै अब उसले फाइनलमा युभेन्टसको सामना गर्ने छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं- नापोलीलाई हराउँदै एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। यससँगै अब उसले फाइनलमा युभेन्टसको सामना गर्ने छ। 

फाइनल यात्रा तय गर्ने क्रममा नापाेलीलाई एलटान्टाले समग्र ३–१ गोलको नजितामा हराएको थियो।

सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा नापोली एटलान्टासँग गोलरहित बराबरीमा रोकियो। 

तर दोसो लेगको खेलमा नापोली ३–१ गोलले स्तब्ध भएपछि एटलान्टाले जित आफ्नो हातमा पारेको हो।

यसका साथै पराजित टिम नापोलीको कोपा इटालियाको यात्रामा बिराम लागेको छ।

अब मे १९ मा हुने फाइनल खेलमा एटलान्टाले उपाधिका लागि युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ।

उपाधि दाबेदार युभेन्टसले सेमिफाइनलमा इन्टर मिलानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

सो क्रममा उसले २–१ गोलको समग्र जित निकाल्यो। पहिलो लेगको खेलमै २–१ ले युभेन्टस अघि रहेकोमा दोस्रो लेगको खेलमा भने गोलरहित बराबरी भएको थियो।

यसकारण पहिलो लेगको नजिता नै सेमिफाइनलको निर्णायक बन्यो।
 

प्रकाशित: Feb 11, 2021| 02:05 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।