शनिबार, असार २७, २०८३

एफए कप : रेकर्ड ब्रेक गर्दै सिटी क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटीले एफए कपमा रेकर्ड ब्रेक गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले एफए कपमा रेकर्ड ब्रेक गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ।

केलियन वल्कर, रहिम स्टार्लिङ र ग्याब्रियल जेससको गोलमा सिटीले सबै प्रतियोगिताको लगातार १५ औं जित निकाल्दै नयाँ रेकर्ड कायम गरेको हो।

यसअघि कुनै टिमले सबै प्रतियोगितामा गरि लगातार १५ जित निकालेका छैनन्। 

सन् १९९१–९२ मा प्रिस्टनले र सन् १९८७–८८ मा आर्सनलले लगातार १४ खेलमा जित निकाल्दै रेकर्ड कायम गरेका थिए।

तर गएराति लिबर्टी रंगशालामा स्वानसासिटीसँग ३–१ गोलको जित निकाल्दै प्रशिक्षक पेप ग्वार्डिओलको टिमले सो रेकर्ड तोडेको हो।

जितपछि ग्वार्डिओला भन्छन, ‘यो नतिजाले पनि देखाउँछ कि यीं खेलाडी कति विशेष छन् भन्ने।’

उनले थपे, ‘अब हामी अर्को रेकर्डबारे सोच्ने छौं। मलाई थाहा छ हामीले रेकर्ड तोड्यौँ, यसो गर्नका लागि हामीले धेरै महत्वपूर्ण काम गर्नुपरेको छ।’

खेलमा रेकर्ड बन्ने र तोडिने काम भइरहनाले पनि आफ्नो रेकर्ड सँधै रहीनरहने ग्वार्डिओला बताउँछन्। उनका अनुसार पछिल्लो क्रिसमसपछि सिटीको खेल सम्झनयोग्य भने छ।

भने, ‘यो कठिन समय त हो तर महत्वपूर्ण कुरा के हो भने हामी अझै पनि त्यही लयका साथ खेलिरहेका छौं।’
 

प्रकाशित: Feb 11, 2021| 01:24 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।