शनिबार, असार २७, २०८३

टाइगर कप भलिबल : गण्डकी, एपिएफ र पुलिस विजयी

प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत दोस्रो दिन बुधबार पुरुषतर्फ एपिएफ र गण्डकी प्रदेश विजयी भएको छ। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

पोखरा- प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत दोस्रो दिन बुधबार पुरुषतर्फ एपिएफ र गण्डकी प्रदेश विजयी भएको छ। 

बुधबार नै भएको महिला तर्फको खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई पराजित गरेको छ। पुरुषतर्फ एपिएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा र गण्डकी प्रदेशले आर्मी क्लबलाई ३–१ ले हरायो।

टाइगर ग्रुप पोखराको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत पुरुषतर्फ पहिलो खेलमा गण्डकी प्रदेशले आर्मीलाई ३–१ सेटमा पराजित गरेको हो। गण्डकीले २२–२५, २५–१४, २५–१८ र २५–१७ सेटमा आर्मीसँग खेलको नजिता आफ्नो पक्षमा परेको हो।  

दोस्रो खेलमा पुलिसलाई एपिएफले ३–२ को सेटले पराजित भएको छ। प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा एपिएफ २७–२५ ले विजयी भएको थियो। दोस्रो सेटमा एपिएफ २५–२० ले विजयी भएको थियो। तेस्रो सेटमा पुलिस २५–२० ले विजयी हुन पुग्यो। पुलिसले चौथो सेटमा २५–९ ले एपिएफलाई सहजै हरायो। पाँचौं सेटमा भने एपिएफले पुलिसलाई १५–१० अंकले पराजित गरेको थियो। 

महिलातर्फ नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको महिला तर्फको एकमात्र खेलमा पुलिसले नेपाल आर्मीलाई ३–१ सेटले हराएको हो। पहिलो सेट पुलिसले २५–१८ ले गुमाएको थियो। भने दोस्रो, तेस्रो र चौथो सेट लगातार जितेको थियो। पुलिसले दोस्रा सेट २५–२२, तेस्रो २५–२३ र चौथो सेटमा २५–१६ को सहज जित निकालेको थियो। 

लगातार दोस्रो जितसँगै पुलिसको फाइनल यात्रा बलियो बनेको छ। पहिलो खेलमा मंगलबार पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान १ लाख ५० हजार, उपविजेताले ७५ हजार र तृतीयले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका महासचिव प्रकाश बरालले  जानकारी दिए। 

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु. २०–२० हजार प्राप्त गर्नेछन्। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन्।

प्रकाशित: Feb 10, 2021| 14:42 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।