ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी (बीआईटी) किन पढ्ने? यो कस्तो कोर्स हो?
बीआईटीको मुल उद्देश्य सूचना प्रविधितर्फका उद्योग सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति (टेक्नोप्रेनरसीप) उत्पादन गर्नु हो। आईटीमा करिअर बनाउन चाहनेका लागि यो विषय उपयुक्त छ।
यसको पाठ्यक्रममा प्रोग्रामिङ स्किल, बेव डेभलपमेन्ट, डेटाबेस म्यानेजमेन्ट, नेटवर्किङ एण्ड कम्युनिकेसन, सेक्युरिटी म्यानेजमेन्ट, बिगडेटा म्यानेजमेन्टलगायतका विषय समेटिएको छ।
यो कोर्स पढेका जनशक्तिको संसारभर माग भएका कारण मलेसियाको लिम्कोक्विङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजीको सम्बन्धनमा सञ्चालित सिजी इन्ष्टिच्यूट अफ म्यानेजमेन्टले पनि बीआईटी अध्यापन सुरु गरेको छ। हाम्रो लक्ष्य उद्यमशील प्राविधिक जनशक्ति उत्पादन गर्ने हो।
यो विषय अध्ययन गर्न कति समय लाग्छ?
स्नातक तहको ३ वर्ष ६ सेमेस्टरमा अध्यापन हुने कोर्स हो। अहिलेको युग सूचना प्रविधिको युग हो। बीआईटी अध्ययन गरेका जनशक्ति सूचना प्रविधिसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा काम गर्न सक्छन्।
एक सेमेष्टरमा ३० जना मात्रै अध्ययन गर्न पाउने भएकाले पठनपाठन गुणस्तरीय हुन्छ।
बीआईटी अध्ययन गर्ने विद्यार्थीसँग न्यूनतम योग्यता कति हुनुपर्छ?
यो विषय अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ मा २ जीपीए वा ४५ प्रतिशत उत्तीर्ण भएको हुनुपर्छ। सिजीले सञ्चालन गर्ने प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि गरेको छ।
त्यसका साथै सरकारको नियमानुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति पनि दिंदै आएका छौं।
यो विषय अध्ययन गर्न कति शुल्क लाग्छ?
कलेजअनुसार फरक होला। सामान्यतया ५ लाख जति खर्च हुन्छ। प्रत्येक सेमेस्टरमा १० हजार परीक्षा शुल्क तोकिएको छ। सिजीले मध्यमवर्गका विद्यार्थीलाई ध्यानमा राखेर शुल्क निर्धारण गरेको छ।
सीजीआईएमका विशेषता चाहिँ केके हुन्?
सिजी नेपालमा स्थापित कम्पनी हो। सीजीआईएममा पढेका विद्यार्थीले चौधरी ग्रुपसँग सम्बन्धित कम्पनीमा रोजगारीको अवसर पाउने सम्भावना बढी हुन्छ। सीजीआईएम भौतिक पूर्वाधार सम्पन्न कलेज हो। अनुभवी र दक्ष फ्याकल्टीबाट अध्यापन गराइन्छ। आईएसओ सर्टिफाइड कलेज भएकाले यसले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा ढुक्क हुनुपर्छ।