शनिबार, असार २७, २०८३

टेनिसमा आरभ र अकीको सफल सुरुआत

नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले इन्टरनलेशनल टेलिनस फेडेरेसन (आईटीएफ) वर्ल्ड टेनिस टुर–जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा जित हात पारेका छन्।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले इन्टरनलेशनल टेलिनस फेडेरेसन (आईटीएफ) वर्ल्ड टेनिस टुर–जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा जित हात पारेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा आज (मंगलबार) उक्त जोडीले भारतका सार्थक शर्मा र जैश्नभ सिन्धेको जोडीलाई सोझो सेटमा पराजित गरे।

पहिलो खेलमा ६–४ को जित निकालेका हाडा र रावतले दोस्रो खेलमा पनि ६–३ को जित निकाल्न सफल भए।

जारी प्रतियोगिताको सर्किट १ मा आरभ र अकीको जोडी उपविजेता बनेको थियो। सोही स्पर्धामा नेपालका प्रणव मानन्धर र चिराग तिमिल्सिना, निशान श्रेष्ठ र निहालजंग बहादुर थापा तथा सम्यकभूषण वज्राचार्य र आर्यन गिरीको जोडी पराजित भए।

महिला डबल्समा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले सफलता पाए। उक्त जोडीले भारतका कृष्टि बोरो र लक्ष्मी गौदको जोडीलाई ३–६, ६–३ (१०–६) को सेटमा हराए।

त्यसै स्पर्धामा सर्किट १ विजेता नेपालकी अभिलाषा विष्ट जर्मनीकी सोन्जा भारतका हिट्भी चौधरी र पवित्रा पारिखको जोडीसंग ६–४ र ६–३ ले चुके।

त्यस्तै नेपालका इशाश्री शाह र सर्वानी श्रेष्ठ, अजा रेग्मी र शुभाङ्गीलक्ष्मी शाह तथा इभा अधिकारी र श्रेया भट्टराईको जोडीले आ–आफ्नो खेल गुमाए। सिंगल्सको पुरुषमा नेपालका सम्यकभूषण वज्राचार्य तथा महिलामा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे।
 

प्रकाशित: Feb 09, 2021| 12:12 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।