शनिबार, असार २७, २०८३

महिला लिगमा विराटनगरविरुद्ध पुलिसको सहज जित

राष्ट्रिय महिला लिग अन्तर्गत आज (मंगलबार) सम्पन्न दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत आज (मंगलबार) सम्पन्न दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा पुलिसले विराटनगरविरुद्ध ३–० गोलको जित निकालेको हो।

पुलिसको जितका लागि निरु थापाले दुई गोल गरिन् भने निर्मला उपाध्यायले एक गोल गरिन्। पहिलो हाफको ४१ औं मिनेटमा गोल गर्दै निर्मलाले सुरुआती अग्रता बनाएकी थिइन्। यससँगै पहिलो हाफमा विभागीय टिम एक गोलले अघि रह्यो।

दोस्रो हाफमा उसले दुई गोल थप्यो। यसपटक दुवै गोल निरु थापाले गरिन्। उनले ५७ औं मिनेटमा पहिलो गोल गरिन् भने त्यसको तीन मिनेटमै दोस्रो गोल गरिन्।

निरूको व्यक्तिगत दोस्रो गोलसँगै प्रहरीले ३–० गोलको अग्रता कायम गर्यो। आजको जितसँगै पुलिसले ११ अंक बनाएर तेस्रो स्थानको वालिङ नगरपालिकासँग अंक बराबरी गरेको छ।

जारी लिगमा २१ अंकका साथ एपीएफ शीर्षस्थानमा छ भने एक खेल बढ्ता खेलेर १९ अंक बनाएको त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा छ।
 

प्रकाशित: Feb 09, 2021| 12:05 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।