शनिबार, असार २७, २०८३

सहिद स्मारक बी डिभिजन लिगको तालिका सार्वजनिक

कोरोना महामारीका कारण गत चैतमा रोकिएको सहिद स्मारक बी डिभिजन लिगको बाँकी खेलको तालिका सार्वजनिक गरिएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं – कोरोना महामारीका कारण गत चैतमा रोकिएको सहिद स्मारक बी डिभिजन लिगको बाँकी खेलको तालिका सार्वजनिक गरिएको छ।

फागुन ११ गते सुरु हुने खेलको तालिका अखिल नेपाल फुटबल संघ ( एन्फा) ले मंगलबार सार्वजनिक गरेको हो।

लिगमा ६ खेल खेलेको सातदोबाटो क्लब १६ अंकका साथ शीर्षस्थानमा छ। एक खेल कम खेलेर १३ अंक जोडेको खुमलटार दोस्रो स्थानमा छ।

दुवै टिमले एक–एक बराबरी खेलेका छन्। बाँकी सबैमा जित निकालेका छन्। बाँसबारी टिम पाँच खेलबाट एक हारसँगै ११ अंकका साथ तेस्रो स्थानमा छ। 

टुसालले दुई जित, दुई बराबरी र एक हारका साथ चौथो स्थानमा ठाउँ कब्जा गरेको छ। नयाँबस्ती क्लबले तीन जित र दुई हार बेहोरेको छ।

उसले पछिल्लो लिगमा गरेको प्रदर्शनका आधारमा एक अंक घटाइएको छ भने बाँसबारीको पनि एक अंक माइनस गरिएको छ।

ब्वाइज युनियन पनि आठ अंकका साथ छैटौं स्थानमा छ। उसले ६ खेलमा दुई जित, दुई बराबरी र दुई पराजय भोगेको छ।

नयाँ तालिकाअनुसार फागुन ११ गते दुई खेल हुनेछ। उक्त खेलमा मध्यपुर ठिमीले नयाँबस्तीको सामना गर्नेछ। सोही दिनको दोस्रो खेलमा पुल्चोकले खुमलटारविरुद्ध खेल्नेछ। 

तालिकाअनुसार लिग फागुन ११ बाट सोही महिनाको २७ गतेसम्म चल्नेछ। लिगमा कुनै दिन ब्रेक दिइएको छैन भने हरेक दिन दुई खेल रहेका छन्।

यस्तो छ तालिका
 

प्रकाशित: Feb 09, 2021| 11:37 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।