शनिबार, असार २७, २०८३

वालिङलाई जितेपछि आर्मीका प्रशिक्षक दंग

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक राजु तामाङले आजको खेलको जितले खेलाडीमा खुसी थप गरेको बताएका छन्। उनले बलियो नगर टिम वालिङविरुद्ध २–० गोलको जित निकालेपछि पत्रकारहरुसँग कुरा गर्दै आजको जितले उत्साह थपेको बताए।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक राजु तामाङले आजको खेलको जितले खेलाडीमा खुसी थप गरेको बताएका छन्। उनले बलियो नगर टिम वालिङविरुद्ध २–० गोलको जित निकालेपछि पत्रकारहरुसँग कुरा गर्दै आजको जितले उत्साह थपेको बताए।

सातोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापाले सुरुआती अग्रता बनाइन्। उनले पहिलो हाफको पहिलो मिनेटमै गोल गरेर आर्मीलाई अग्रता दिलाएकी थिइन्।

उक्त अग्रतालाई अंकित गर्दै प्रशिक्षक थापाले भने, ‘सुरुवातमै गोल भएपछि हामीलाई फाइदा भयो।’ तर क्यामरुनका चार खेलाडी ल्याएर बलियो बनेको वालिङले जारी लिगमा राम्रो प्रदर्शन गरिरहेको छ। उसले त्यहाँबाट दुई फरवार्डका साथै एक मिडफिल्डर र एक डिफेन्डर अनुबन्ध गरेको छ।

यसकारण वालिङको फरवार्ड मजबुत छ। तर आर्मीको रक्षपंक्तिले उक्त फरवार्ड लाइनलाई पनि बेकामे बनायो। ‘हाम्रो डिफेन्सले उत्कृष्ट प्रदर्शन गरे। उनीहरुले वालिङको स्ट्रराइकरलाई रोक्न सके,’ प्रशिक्षक तामाङले जितको कारण सुनाए।

पहिलो मिनेटमै दबाबमा आएको वालिङविरुद्ध आर्मीकी मिडफिल्डर विमला चौधरीले ४३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन्। तर, दोस्रो हाफमा दुवै टिम रक्षात्मक बनेपछि गोल भए र आर्मीले २–० गोलअन्तरको जित निकाल्यो।

वालिङकी किओमेग्ने भेनेसा नोईली खेलको ८३ औं मिनेटमा डबल येल्लो कार्ड खाँदै बाहिरिएकी थिइन्। यससँगै वालिङ बाँकी समयका लागि १० खेलाडीमा समेटियो।

यता लगातार दोस्रो हार बेहोरेको वालिङका प्रशिक्षक दिलिप थापाले पहिलो गोलको दबाबका कारण खेलको रणनीतिले काम नर्ग नसकेको बताए। ‘हाम्रा खेलाडीले राम्रो खेलेका छन् तर पहिलो गोलका कारण हामीलाई दबाब पर्यो। त्यो गोलले खेलको वातावरणमै परिवर्तन ल्यायो,’ उनले भने।

नगर क्लबका लागि आजको खेल नैराश्यतापूर्ण रहे पनि विभागीय क्लब आर्मीले भने शीर्षस्थानको एपीएफ क्लबसँग अंकदूरी घटाएको छ।

एपीएफले जारी लिगमा सात खेलबाट २१ अंक जोडेको छ भने आर्मीले आठ खेलबाट १९ अंक जोडेको हो। यता, आर्मीसँग पराजित वालिङ चौथो स्थानको विराटनगरभन्दा एक अंकले अघि छ भने पाँचौ स्थानको पुलिस क्लबभन्दा तीन अंकले अघि छ।

प्रकाशित: Feb 09, 2021| 10:00 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।