आइतबार, चैत १, २०८२

पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी

इन्डियाको चिदम्बरम् रंगशालामा भर्खरै सम्पन्न इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजमा पाहुना टिम इंग्ल्यान्ड २२७ रनले विजयी भएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– इन्डियाको चिदम्बरम् रंगशालामा भर्खरै सम्पन्न इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजमा पाहुना टिम इंग्ल्यान्ड २२७ रनले विजयी भएको छ।

National life

फेब्रुअरी पाँचबाट सुरु भएको टेस्टको अन्तिम दिन घरेलु टिम ५८ ओभर एक बल खेल्दै १९२ रनमा अलआउट भएपछि खेल इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको हो। जवाफी ब्याटिङमा आएको इन्डियाका कप्तान विराट कोहलीले ७२, शुभमन गिलले ५० रनको अर्धकतकीय पारी खेले।

यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न नसकेपछि इन्डियाले ४२० रनको लक्ष्य पूरा गर्न सकेन। इन्डियालाई लक्ष्य पूरा गर्न नदिन इंग्ल्यान्डका ज्याक लिचले सर्वाधिक चार विकेट गिराए। जेम्स एन्डरसनले तीन विकेट लिँदा जोफ्रा आर्चर, डोब बेस र बेन स्टोक्सले समान १–१ विकेट गिराए।

पहिलो टेस्टमा टस जितेर ब्याटिङ राजेको इंग्ल्यान्डले पहिलो पारीमा ५७८ रन बनाएको थियो भने दोस्रो पारीमा १७८ रन बनाएको थियो।

त्यस्तै, जवाफी ब्याटिङमा इन्डियाले ३३७ र १९२ रन बनाउन सक्यो। यो खेलबाट इंग्ल्यान्डका कप्तान जोय रुटले सय खेलको कोशेढुंगा पार गरे भने पहिलो पारीमा दोहोरो शतक प्रहार गरे।

Laxmi sunrise bank
kumari

त्यस्तै, दोस्रो पारीमा इन्डियाका रविचन्द्र अश्विनले सर्वाधिक ६ विकेट गिराए भने दुवै इनिङबाट ९ विकेट लिए। जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिज अन्तर्गत पहिला दुई खेल चेन्नईमा हुनेछ भने बाँकी दुई खेल अहमदाबाद रंगशालामा हुनेछ।

मार्च ८ मा चारै टेस्ट सकिनेछ। त्यसपछि अहमदाबादमै इन्डियाले पाहुना टिमसँग पाँच खेलको टी–२० खेल्नेछ। टेस्ट र टी–२० सिरिज सकिएपछि इन्डियन टिम र इंग्ल्यान्ड टिमले तीन खेलको एक दिवसीय सिरिज पनि खेल्नेछन्।

एकदिवसीय सिरिज पुने रंगशालामा हुनेछ। तीन खेलको एकदिवसीय सिरिज २३ मार्चमा सुरु भएर २८ मार्चमा सकिने छ।
 

प्रकाशित: Feb 09, 2021| 08:49 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।