शनिबार, असार २७, २०८३

बायर्न क्लब विश्वकपको फाइनलमा

च्याम्पियन्स लिग विजेता बयार्न म्युनिख क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं- च्याम्पियन्स लिग विजेता बयार्न म्युनिख क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

अल राह्यन फुटबल रंथशालामा सोमबार राति सम्पन्न खेलमा बायर्नले अल अहलीलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो।

क्लब विश्वकपको सेमिफाइनलम इजिप्टियन क्लब अहलीलाई हराउने क्रममा बायर्नका रोबर्ट लेवान्डोस्कीले दोहोरो गोल गरे।

उनले खेलको १७ औं मिनेटमा सर्ज गन्याब्रीको पासलाई सदुपयोग गर्दै गोल गरे। त्यस्तै ८५ औं मिनेटमा लिरोय सानेको पासलाई उपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरेर बायर्नलाई जित दिलाए।

दोहोरो गोलसँगै फाइनल प्रवेश गरेको बायर्नले फेब्रुअरी ११ मा टाइग्रेस उनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

म्याक्सिकन क्लब टाइग्रेसले सेमिफाइनलमा ब्राजिलियन क्लब पाल्मेइरसलाई हराउँदै फाइनल पुगेको थियो।

सेमिफाइनलमा पराजित अल अहली र पाल्मेइरसले तेस्रो स्थानको  लागि फेब्रुअरी १४ मा प्रतिस्पर्धा गर्नेछन्।
 

प्रकाशित: Feb 09, 2021| 01:37 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।