शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।  
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं - सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।  

कात्तिक २१ गते शाक्यलाई ऊर्जा मन्त्रालयले प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनाएको थियो।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्त गरिएको थियो। त्यसपछि उनी प्राधिकरणको कायममुकायम जिम्मेवारीमा थिए।   

कुलमान घिसिङको कार्यकाल सकिएपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए।

घिसिङको पुनर्नियुक्तिमा असहमत देखिएका प्रधानमन्त्री ओलीले कोइरालालाई जिम्मेवारी दिएकोमा आपत्ति जनाएपछि शाक्यलाई प्राधिकरणको जिम्मेवारी दिइएको थियो।

प्रकाशित: Feb 09, 2021| 05:47 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।