शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भागरथी हत्याकाण्ड मानवतालाई नै कलंकित गर्ने घटना : नेविसंघ

भागरथी हत्याकाण्ड मानवतालाई नै कलंकित गर्ने घटना : नेविसंघ

कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया विद्यार्थी भागरथी भट्टको बलात्कारकाे घटना मानवतालाई नै कलंकित गर्ने घटना भएको बताएको छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं- कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारकाे घटनाले मानवतालाई नै कलंकित गरेकाे भन्दै निन्दा गरेकाे छ। 

नेविसंघले उक्त घटनाका अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्र यस्ताे उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हत्या गरिएको घटनाले हामी स्तब्ध भएका छौं। मानवतालाई नै कलंकित गर्ने उक्त घटनाको घोर निन्दा र भत्सर्ना गर्दछौं। बलात्कार गरी हत्या गर्ने जस्तो क्रुर र जघन्य अपराधमा संलग्नलाई तत्काल गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ।’

विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायतका किशोरीको बलात्कार गरी हत्या गरिँदा घटनाका अपराधीलाई तत्काल कारबाही गर्ने कुरामा कमीकमजोरी भएकैले समाजमा यस्ता अमानवीय र क्रूर घटनाले भएको नेविसंघको ठहर छ। 

‘जनतालाई शान्ति सुरक्षा दिनु सरकारको दायित्व हो भन्ने कुरा सरकारले नभुलोस् र सो दायित्व पूरा गर्न गम्भीर रुपमा ध्यान केन्द्रित गरोस् भनेर खबरदारी गर्न चाहन्छाैं', ज्ञापनपत्रमा भनिएको छ।

घटनामा संग्लन दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न सरकारले तदारुकता देखाउन पनि माग गरिएको छ। 

‘फेरि यस्ता घटना नदोहोरिने कुरामा नेपाली जनता ढुक्क भएर बस्ने अवस्थाको प्रत्याभूति सरकारले दिलाओस्’, ज्ञापनपत्रमा भनिएको छ, ‘विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीको जीउधनको रक्षार्थ विशेष सुरक्षा रणनीति तर्जुमा गरियोस्। अब फेरि हाम्रा अभिभावकले स्कुल गएकी छोरी बलात्कारको सिकार हुने हो कि भनेर घरमा चिन्ता लिएर बस्नु नपरोस्।’ 

प्रकाशित: Feb 09, 2021| 05:19 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।