शुक्रबार, भदौ १९, २०८३

चितवन निकुञ्जमा घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७/७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

चितवन - दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई प्राथमिकता दिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७/७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले निकुञ्जभित्र नयाँ र पुराना गरी एक हजार ४३ हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण तथा व्यवस्थापनको काम भइरहेको जानकारी दिए। 

‘हामीले नयाँ घाँसे मैदान निर्माणका लागि बोलपत्र माग गर्दा तोकिएको रकमभन्दा ४२ प्रतिशत कम रकममा बोलपत्र परेको छ’, अधिकारीले भने, ‘अहिले एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माणको काम भइरहेको छ, त्यो बोलपत्रबाट बचेको बाँकी रकमले पुनः एक हजार ४५ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने गरी बोलपत्र प्रक्रियामा गएका छौं।’

अधिकारीले पछिल्लो बोलपत्रको काम पनि यसै आर्थिक वर्षमा सक्ने गरी हुने भन्दै यस वर्ष निकुञ्जले दुई हजार ८८ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान निर्माण गर्ने जानकारी दिए। 

निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसे मैदानको रूपमा लिइन्छ।

निकुञ्जको ९५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसे मैदान छ। 

साना कीरा फट्याङ्ग्रा, सरिसृपदेखि लिएर ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसे मैदान विचरण गर्न, खेल्न, हिँडडुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी क्षेत्र मानिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। रासस

प्रकाशित: Feb 09, 2021| 04:02 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।