काठमाडौं - प्रधानमन्त्री एवं नेकपा ओली पक्षीय अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन्।
वैशाख १७ र २७ मा घोषणा भएको निर्वाचनको तयारी र नेकपाभित्रको विवादका बारेमा छलफल गर्न उनी आयोगको कार्यालयमा जान लागेका हुन्।
बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग जान लागेको नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।
आयोगले यसअघि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५/५ जना नेतासहित छलफलका लागि बोलाएको थियो।
तर, दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए।
नेकपाको दाहाल–नेपाल पक्षले राजनीति दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरिसकेको छ।