शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुँदै

हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुँदै

हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

हेटौंडा - बागमती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ।

मेचीदेखि महाकाली, हिमाल, पहाड, तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरूको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो।

समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैंगिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिइन्। 

सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहने छन्।

सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम छ। 

यसअघि प्रदेश १ मा पहिलो बेटी सम्मेलन र प्रदेश २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ। 

प्रकाशित: Feb 09, 2021| 02:49 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।