शुक्रबार, भदौ १९, २०८३

प्रदेश १ का अस्पतालमा कोरोना संक्रमित शून्य

प्रदेश १ का अस्पतालहरूमा कोरोना संक्रमितको संख्या शून्य भएको छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

विराटनगर- प्रदेश १ का अस्पतालहरूमा कोरोना संक्रमितको संख्या शून्य भएको छ। 

कोरोना अस्पताल तथा निजी अस्पतालमा अहिले कुनैपनि संक्रमित उपचाररत नभएको अस्पतालहरुले जनाएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार अस्पतालमा संक्रमितको संख्या शून्य छ। हाल २० जना सक्रिय संक्रमित छन्। उनीहरू सवै होमआइसोलेसनमा छन्। 

मन्त्रालयका अनुसार झापामा ३, मोरंगमा ४, सुनसरीमा ११, खोटाङमा १ र प्रदेश १ बाहिरका १ जना संक्रमित छन्। 

प्रदेश १ का १० जिल्ला कोरोना संक्रमण शून्य भएका छन्। संक्रमण शून्य  भएका जिल्लामा  उदयपुर, धनकुटा, भोजपुर, सोलुखुम्वु, संखुवासभा, ते¥हथुम, इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुङ्गा छन्। 

उदयपुरमा ४९७ संक्रमित मध्ये ८ जना, धनकुटामा २१५ जना संक्रमित मध्ये ११ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

त्यसैगरि संखुवासभामा ३४६ संक्रमित मध्ये १, ते¥हथुममा १२३ संक्रमित मध्ये ४, इलाममा ४८२ संक्रमित मध्ये ७, पाँचथरमा १४८ मध्ये १, ताप्लेजुङमा १२० संक्रमित मध्ये २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

भोजपुरमा ८९ जना, सोलुखुम्वुमा ३७ र ओखलढुङ्गामा ४७  संक्रमित भएका छन्। 

तीन जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।  प्रदेश १ मा सोमबार साँझसम्म ३० हजार १६० जनामा कोरोना संक्रमण भएका छ। संक्रमितमध्ये ४६५ जनाको मृत्यु भएको छ। 

२५ हजारलाई कोरोनाविरुद्धको खोप

प्रदेश १ मा २५ हजार बढीलाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ । 

सोमबार साँझसम्म २५ हजार ७१८ जनालाई खोप लगाइएको हो। पहिलो चरणको खोप लगाउने क्रम जारी नै रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए। 

पहिलो चरणमा सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्यका कर्मचारी र सरसफाईकर्मी गरी ३५ हजार ५७६ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ। 

प्रकाशित: Feb 09, 2021| 02:15 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।