शनिबार, असार २७, २०८३

सुवारेजको गोलका बाबजुद बराबरीमा रोकियो एथ्लेटिको

स्पेनिस ला लिगा अन्तर्गत सोमबार रातिको खेलमा लिग लिडर एथ्लेटिको मड्रिड हारबाट जोगिएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत सोमबार रातिको खेलमा लिग लिडर एथ्लेटिको मड्रिड हारबाट जोगिएको छ।

एथ्लेटिकोकै वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिमसँग २–२ गोलको बराबरी गरेको हो।

बराबरीका लागि दुवै गोल लुईस सुआरेले गरे भने सेल्टाका लागि सान्टी मिना र फकुअन्डो फेर्रेयाराले समान १–१ गोल गरे।

खेलको १३ औं मिनेटमै मिनाले गोल गर्दा सेल्टाले अग्रता बनाएको थियो। तर पहिलो हाफको अन्तिम मिनेटमा सुआरेजले गोल गर्दै खेललाई बराबरी बनाइहाले।

त्यस्तै, सुवारेजले ५० औं मिनेटमा गोल गेरर घरेलु टिमलाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन। तर ८९ औं मिनेटमा सेल्टाका फेर्रेयाराले गोल गरेपछि खेल बराबरी भयो।

गएरातिको बराबरीसँगै शीर्षस्थानको एथ्लेटिकोको ५१ अंक छ। त्यस्तै सेल्टा २६ अंकका साथ १० औं स्थानमा छ।
 

प्रकाशित: Feb 09, 2021| 02:00 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।