शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल-नेपाल समूह २८ माघमा प्रदर्शन गर्दै, नेताहरुलाई जुलुसको जिम्मेवारी

नेकपा दाहाल-नेपाल समूह २८ माघमा प्रदर्शन गर्दै, नेताहरुलाई जुलुसको जिम्मेवारी

नेकपाको दाहाल-नेपाल समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने जनाएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडाैं– नेकपाको दाहाल-नेपाल समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने जनाएको छ।

प्रदर्शनीमार्गमा हुने  प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ। दाहाल–नेपाल समूहको केन्द्रीय संघर्ष समितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार २८ माघका दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने जनाएको छ।

तीं जुलुसको नेतृत्वका लागि नेताहरुलाई जिम्मेवारी बाँडफाट गरिएको हो। पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा सङ्घ–प्रदेशका सांसदले गर्ने जनाइएको छ। 

त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन्।  

माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ।  

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व  देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्नेछन्। 

जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ। 

प्रकाशित: Feb 09, 2021| 01:11 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।